

काठमाडौं । तीनकुने घटनाको सन्दर्भमा पूर्वराजा ज्ञानेन्द्र शाहसँग बयान लिन नेपाली कांग्रेसले माग गरेको छ । कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा कांग्रेस सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियारले यस्तो माग गरेका हुन् ।
सर्वसाधारण हैसियतमा रहेका शाहलाई समितिमा बोलाएर बयान लिनुपर्ने माग बैठकमा राखेका हुन् ।
“पूर्वराजा ज्ञानेन्द्र शाहलाई यो समितिमा बोलाऔं र सोधौं– यो मानव अधिकार उल्लंघनको घटना हो कि होइन, तपाईंले गरेको हो कि होइन ? तपाईं एउटा नागरिकको हैसियतले यस्तो घटना गर्न पाउनु हुन्छ, के हो कुरा ?”, उनले भनेका छन् ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानव अधिकार उल्लंघनका विषयहरूमाथि समितिले शुक्रबार गृहमन्त्री रमेश लेखकलाई बोलाएर छलफल गरिरहेको छ।