राजावादीहरूको आन्दोलन हिंसात्मक, अलोकतान्त्रिक र मानवअधिकारविरुद्ध भएको रास्वपाको दाबी-Sutra News

राजावादीहरूको आन्दोलन हिंसात्मक, अलोकतान्त्रिक र मानवअधिकारविरुद्ध भएको रास्वपाको दाबी

शुक्रबार, २९ चैत्र २०८१

शुक्रबार, २९ चैत्र २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले तीनकुनेमा चैत १५ गते भएको आन्दोलन कुनै हिसाबले राजनीतिक नभएको बताएका छन्।



कानून समितिको बैठकमा बोल्दै उनले संयोगले त्यो घटनामा आफू पनि परेको बताए।

घटनाबारे गृह मन्त्रालयले सबै कुरा भनिसकेको भन्दै उनले भने, ‘मलाई लागेको डर भनेको यस्तो खालको प्रवृत्ति बीजारोपण कहाँबाट भयो ? सुरु कसले गर्‍यो ? सरकार यसमा गम्भीर हुनुपर्छ। यस्तो घटना फेरि भविष्यमा नहोला भन्न सकिँदैन।’

उनले राजावादीहरूको आन्दोलन अलोकतान्त्रिक र मानवअधिकारविरुद्ध रहेको बताए। उनले कानूनी रूपमा पूर्ण रूपमा हिंसात्मक घटना भएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार