दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतकाे अनुमति-Sutra News

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

शुक्रबार, २९ चैत्र २०८१

शुक्रबार, २९ चैत्र २०८१

काठमाडौं । चैत १५ को तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि अदालतले १२ दिनको म्याद दिएको छ ।



शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंमाथि अनुसन्धान गर्न १२ दिनको म्याद दिएको हो ।

अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताएअनुसार प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि प्रहरीले १२ दिनकै म्याद मागेको छ ।

प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतसँग समय माग गरेको थियो । प्रहरीको मागअनुसार नै अदालतले म्याद थपको अनुमति दिएको हो ।

सूचना अधिकारी श्रेष्ठका अनुसार प्रसाईं क्यान्सरको बिरामी भएका कारण अदालतले प्रहरीलाई चिकित्सकको परामर्शमा उपचारको प्रबन्ध गर्न अदालतले आदेश पनि दिएको छ।

यसअघि सोही घटनामा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार