गोली लागेर एक नेपाली सेनाको मृत्यु-Sutra News

गोली लागेर एक नेपाली सेनाको मृत्यु

शुक्रबार, २९ चैत्र २०८१

शुक्रबार, २९ चैत्र २०८१

काठमाडौं । गोली लागेर चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको श्री नयाँ गोरख गणमा कार्यरत नेपाली सेनाका जवान चन्द्रकिशोर दासको मृत्यु भएको छ ।



निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सेतीदेवी सामुदायिक वन नजिकै रहेको  शरनपुर पोष्टमा कार्यरत २२ वर्षीय दासको आफ्नै कार्यालयमा गोली लागेर मृत्यु भएको हो ।

नेपाली सेनाका प्रवक्ता गौरव केसीले असावधानी बस हतियार चलाउँदा दासमाथि गोली लागेको बताए ।

शुक्रबार बिहान ९ वजे दासलाई गोली लागे लगत्तै उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याइए पनि उहाँलाई बचाउन नसकिएको नेपाली सेनाले जनाएको छ ।

विहानी गस्ती गरेर फर्किए लगत्तै बन्दुक ब्यवस्थापन गर्ने क्रममा सो गोली चलेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार  दासको दाहिने तिघ्रामा गोली लागेको थियो ।

दासको शव अहिले चितवन मेडिकल कलेजमा रहेको छ । शनिवार परिवारलाई शव बुझाएपछि दाहसंस्कार गर्ने बताइएको छ । दास पर्साका बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार