

काठमाडौं । चारदेशीय टी-२० श्रृङ्खलाको समूह चरणको अन्तिम खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ।
दुई देशबीचको खेल मिसन रोड मैदानमा खेल ११ :१५ बजे शुरू हुनेछ । अन्तिम खेलमा नेपाल ह्याट्रिक जितको लक्ष्यमा छ ।
नेपालले पहिलो खेलमा कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो।