

काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले घरेलु टोली हङकङविरुद्धको खेल खेल्दै छ । नेपाली समय अनुसार विहान ११ः१५ बजेबाट सुरु भएको खेलमा नेपालले पहिला फिल्डिङ गरिरहेको छ ।
घरेलु टोलीविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । ९ आभरको समाप्तिम हङकङले ६८ रन बनाएर खेलिराख्दा नेपालका लागी नन्दन यादले ३.४ ओभरमा पहिलो विकेट लिएका छन् भने अर्का बलर ललित नाराय राजवंशिले लगातार दुई विकेट लिएका छन् । जारी प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायमै राख्ने लक्ष्य सहित नेपाल मैदानमा छ ।
नेपालले आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेट हराएको थियो भने दोस्रो खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराएको थियो। हङकङ भने आफ्नो पहिलो खेलमा कुवेतसँग पराजित भएको थियो । दोस्रो खेलमा हङकङले कतारलाई ६८ रनले हराएको थियो।
नेपाल हाल २ खेलमा २ जितसहित ४ अंक जोडेर दोस्रो स्थानमा छ । ३ खेलमा ४ अंकसहित कुवेत नेटरनरेटमा अगाडि रहँदै शीर्षमा छ । हङकङको २ खेलमा २ अंक छ । अब हङकङले नेपालमाथि सामान्य जित मात्रै निकाल्दा पनि हङकङ दोस्रोमा रहेर फाइनल खेल्न सक्छ । नेपालले सामान्य जित निकाले ६ अंकसहित शीर्षमा रहेर फाइनल खेल्ने छ ।
फाइनल खेल आइतबार विहान सवा ११ बजेदेखि सुरु हुनेछ । त्यसअघि विहान पौने ७ देखि तेस्रो स्थानको खेल हुनेछ ।