४ लाख ४९ हजारको ग्रस कलेसन गरेर सुपरफ्लप भएको थियो अञ्जनाको ‘डोरी’-Sutra News

४ लाख ४९ हजारको ग्रस कलेसन गरेर सुपरफ्लप भएको थियो अञ्जनाको ‘डोरी’

शनिबार, ३० चैत्र २०८१

शनिबार, ३० चैत्र २०८१

काठमाडौं । वर्ष २०८१ मा प्रदर्शन भएका फ्लप फिल्ममध्ये अञ्जना बराइली स्टारर फिल्म ‘डोरी’ को निकै चर्चा रह्यो। ‘महापुरुष’, ‘पुजार सार्की’, ‘पूर्ण बहादुरको सारंगी’ जस्ता सुपरहिट फिल्म दिएकी अञ्जनाको चौथो फिल्म ‘डोरी’ सुपरफ्लप भएपछी चर्चा हुनु नौलो थिएन।



फिल्मले परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको संघर्षशील युवाको भनेको थियो। हासो, त्रास र संघर्षलाई रोचक तरिकामा प्रस्तुत गरिएको फिल्म सुपरफ्लप भयो।

यो फिल्म रिलिज भएको नै दर्शकले पत्तो पाएनन्। फिल्मले ४ लाख ४९ हजारको ग्रस कलेक्शन गरेको छ। अञ्जनाले सबैभन्दा महँगो पारिश्रमिक यही फिल्मबाट लिएकी थिइन्।

अरुण लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा प्रवीण खतिवडा, शिशिर वाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, राज थापा, नूतन लगायतको अभिनय छ।

दिनेश भट्टराइको लगानी रहेको फिल्मका कार्यकारी निर्माता राज थापा हुन्। फिल्ममा राजु तामाङको एक्सन, राजनराज सिवाकोटीको संगीत, मिलन श्रेष्ठको सम्पादन छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार