कुलमान गएपछिको साइडइफेक्ट : दिनमै ६ पटक बढी जान थाल्यो बत्ती-Sutra News

कुलमान गएपछिको साइडइफेक्ट : दिनमै ६ पटक बढी जान थाल्यो बत्ती

शनिबार, ३० चैत्र २०८१

शनिबार, ३० चैत्र २०८१

काठमाडौं । २९ भदौ २०७३ मा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत प्राधिकरणको क्जार्यकारी निर्देशक नियुक्त गरेका कुलमान घिसिङले त्यही वर्ष लोडसेडिङ हटाए। त्यति मात्रै होइन, घिसिङले आर्थिक वर्ष २०७३/७४ मै नेपाल विद्युत प्राधिकरणलाई नाफामा लगे। उनी प्राधिकरणमा आएकै आर्थिक वर्ष २०७३/७४ मा संस्थान १ अर्ब ५१ करोड नाफामा गयो। गत आवसम्म आउँदा प्राधिकरणको सञ्चित नाफा पनि ४७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।



निरन्तर बिजुलीको उपलब्धतासँगै महसुल २० प्रतिशतले बढ्दा नाफा आर्जन गर्न सजिलो भएको थियो। योसँगै घिसिङले चुहावट नियन्त्रणका क्षेत्रमा पनि राम्रो काम गरे। त्यसयता सर्वसाधारण जनताको घरमा लोडसेडिङ भएको छैन, विद्युत प्राधिकरण एकाध वर्षबाहेक नाफामै गएको छ।

तर, डेडीकेडेड र ट्रंक लाइन सुविधा लिएर बिद्युत प्रयोग गरिरहेका केही उद्योगीहरूले लामो समयको वक्यौता तिरेनन्। एक पटक हैन, पट-पटक ताकेता गर्दासमेत बक्यौता नतिरेपछि कुलमानले ती उद्योगहरूमा बिजुली नै काटिदिए। यो क्रम पनि लामै समय चलिरह्यो। अन्तत: यही कारण कुलमान हटाइए।

त्यसअघि देखि नै बिजुलीको अर्बौँ बक्यौता उठाएर सरकारी ढुकुटीमा ल्याउन खोजेपछि कुलमानलाई हटाउने अभियानमा थियो- बिचौलिया समूह। त्यसमा अझ ऊर्जामन्त्री दीपक खड्कासँगै प्रधानमन्त्री की ओलीले साथ दिएपछि ‘उज्यालो नेपाल’का नायक कुलमानलाई गएको चैत ११ को मन्त्रिपरिषद्ले हटायो।

जानकी नागरिकको घरको बिजुली कटौती गरेर लोडसेडिङका वेला उद्योगहरूले प्रयोग गरेको सवा आठ अर्ब तिरेका छैनन्। कुलमानले यो बक्यौता उठाएर सरकारी ढुकुटीमा ल्याउन खोजिरहेका थिए। उद्योगीहरूले बक्यौता नतिर्न राजनीतिक लबिङ गरिरहेका थिए। कुलमानले देशलाई लोडसेडिङमुक्त मात्रै होइन, भारतसँगको विद्युत् व्यापारमा इतिहासमै पहिलोपटक यसै वर्ष मात्र नेपाललाई नाफा दिलाए भने बंगलादेशसँग विद्युत् व्यापार सुरु गरे।

तर सरकारलाई यो कुरा मन परेन। अनि प्रधानमन्त्री ओलीले सनककै भरमा उनलाई हटाएर आफ्नो नाता पर्ने हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका छन्। जसको फलस्वरूप अहिले राजधानी लगायतका स्थानहरूमा दिनमै आधा दर्जन पटकसम्म झ्याप्प-झ्याप्प बत्ति गैरहेको छ।

विद्युत् प्राधिकरणका अनुसार, अहिले हावा, हुरी चल्ने, पानीका साथै चट्याङ् पर्ने समय हो। कतिपय स्थानका ट्रान्समिटरमा चट्याङ पर्ने गरेको छ। तराईका क्षेत्रहरूमा हावाहुरीले बिजुलीका पोलसमेत ढाल्ने गरेको छ। चैत, वैशाख, जेठमा हावाहुरी लाग्छ। तराईमा बिजुलीको पोल नै ढालिदिन्छ, रुख ढालिदिन्छ। यो चाहिँ हावा, हुरी र चट्याङ्ले गर्दा हो।

अहिले विद्युत वितरणमा समस्या नभएको बताउँदै प्राकृतिक कारणले बिजुली जाने गरेको प्राधिकरणको तर्क छ। ठाउँ-ठाउँमा ट्रान्सफर्मरमा आउने समस्याका कारण पनि बिजुली आपूर्तिमा समस्या देखिने गरेको छ।

हाल काठमाडौं उपत्यकाको विद्युत् माग ५ सय मेगावाटको हाराहारीमा छ। यसैलाई मध्यनजर गर्दै विद्युत प्राधिकरणले उपत्यकाभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा १३२/११ केभीका ६ वटा सबस्टेसन निर्माण गरिरहेको छ। सन् २०५० सम्ममा काठमाडौं उपत्यकाको विद्युत्को उच्चतम माग ३ हजार १ सय मेगावाट पुग्ने प्रक्षेपण गरी प्राधिकरणले २२०, १३२, ३३ र ११ केभी तहका २० वटा नयाँ सबस्टेसन निर्माण प्रक्रिया अगाडि बढाएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार