‘मान्छे १७ हजारको आरोप लगाउँछन्, मैले अहिलेसम्म एक जनालाई पिटेको पनि छैन’-Sutra News

‘मान्छे १७ हजारको आरोप लगाउँछन्, मैले अहिलेसम्म एक जनालाई पिटेको पनि छैन’

शनिबार, ३० चैत्र २०८१

शनिबार, ३० चैत्र २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहासलाई धकेल्न चाहनेले पछिल्लो समय ‘१७ हजारको हत्यारा’ भनेर हल्ला चलिरहेको भन्दै त्यसको खण्डन गरेका छन्।



आज काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूले एक जना मान्छेलाई पनि नपिटेको बताए।

‘एकथरी मानिसहरू इतिहासलाई पछाडि धकेल्न चाहनेले १७ हजारको हत्यारा भनिरहँदा होइन यो त युद्धको नियम अनुसार युद्धमा भएको कुरा हो। राज्यपक्ष र विद्रोहीले कति गर्‍यो भन्ने कुरा अध्ययन गर्न सकिन्छ। आजभोलि त प्रचण्डले भन्न थालिएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘मैले एक जनालाई पिटेको पनि छैन अहिलेसम्म। हत्याको त कुरै छाडौं व्यक्तिको कुरा गर्ने हो भने। युद्धको नेतृत्व मैले गरेको हो शान्तिमा आएपछि सबै कुराको जिम्मा लिन्छु भनेकै छु।’

प्रचण्डले सेना समायोजन र हतियार व्यवस्थापनका लागि पनि सबैभन्दा बढी जोखिम माओवादी केन्द्रले नै उठाएको जिकिर गरे।

‘आफू जोखिममा जाने देख्दादेख्दै पनि हतियार व्यवस्थापन आजकै दिनमा हुनुपर्छ, नभए भोलिसम्म थुप्रैको हत्या हुनसक्छ भन्ने पार्टी भनेको पार्टी भनेको माओवादी केन्द्र नै हो,’ प्रचण्डले भने, ‘गुनासो भन्दा पनि किन हामी बोल्दैनौं भन्ने मेरो प्रश्न हो।’

नेपाली समाजको एउटा वर्ग र समुदायले माओवादी केन्द्र र समुदायले माओवादी केन्द्रलाई जस दिनै नचाहेको भन्दै अगाडी थपे, ‘बरु, उल्टो नेरेटिभ बनाउने जबरजस्त कोसिस भएको छ १७ हजारको हत्यारा भनेर।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार