‘योगी आदित्यनाथ राजतन्त्रको पक्षमा छैनन्’ भनेका देउवाले किन बोली फेरे ?-Sutra News

‘योगी आदित्यनाथ राजतन्त्रको पक्षमा छैनन्’ भनेका देउवाले किन बोली फेरे ?

शनिबार, ३० चैत्र २०८१

शनिबार, ३० चैत्र २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको विषयमा आफ्नै भनाइको खण्डन गरेका छन्।



शनिबार काठमाडौंको बसुन्धारामा विपी सामुदायिक सहकारी अस्पतालको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै देउवाले ‘दिल्लीमा आएर मुख्यमन्त्री योगीले आफू राजतन्त्रको पक्षमा नरहेको’ भन्ने आफ्नो अभिव्यक्ति सच्याए।

‘अहिले फेरि राजसंस्था पुनर्स्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला पनि छ। यहाँ आदित्यनाथको फोटो समेत छापियो। तर मलाई के थाहा छ भने आदित्यजीले भारतमा जुन हाम्रो दूतावास छ त्यहाँ गएर मेरो कुनै हात छैन। नेपाली जनताले जे चाह्यो त्यही हुन्छ। म राजा ल्याउने पक्षमा छैन भनेर आफैले भन्नुभएको छ,’ उनले भनेका थिए।

उनले आफ्नो भनाइको खण्डन आफैले गरेका छन्।

‘अस्ति मैले बोल्दा गलत सूचनाको आधारमा भारत उत्तर प्रदेशका मुख्यमन्त्रीको विषयमा बोल्न पुगेछु । उहाँ दिल्लीको राजदूतावासमा आउनुभएको होइन, दिल्लीका राजदूतले उहाँलाई भेट्न जाँदा भएको कुरा हो। हामी नेपालमा राजाको पक्षमा छैनौँ, यो बेकारको हल्ला हो, मेरो फोटो छापे पनि त्यो होइन भन्नुभएको हो। दुतावासमा आउनुभएको होइन। यो पनि म खण्डन गर्न चाहन्छु,’ सभापति देउवाले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार