हल भिजिटमा गएका प्रदीपलाई पुरुष दर्शकले किस गरेपछि…-Sutra News

हल भिजिटमा गएका प्रदीपलाई पुरुष दर्शकले किस गरेपछि…

शनिबार, ३० चैत्र २०८१

शनिबार, ३० चैत्र २०८१

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको मल्टिस्टारर फिल्म ‘पिताम्बर’को टिम यतिबेला हल भिजिटमा व्यस्त छ।



यही क्रममा शनिबार दर्शक भेट्न पुगेका नायक प्रदीप खड्कालाई एक दर्शकले चुम्मै खाएका छन्। फिल्म मन परेको भन्दै उक्त दर्शकले प्रदिपको गालामा किस खाए।

दर्शकले किस नै खाएपछि प्रदिपले खुसी हुँदै सुनाए, ’यो दर्शकको माया हो। उत्साह हो। हामी एकदम खुसी छौं।’

कृषा चौलागाईं निर्देशित चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यादेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रवीन्द्र भट्टराईको अभिनय छ।

विशाल चौलागाईं निर्माता रहेको चलचित्रमा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायाङ्कन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, समीर मिया र सत्यम रानाको भीएफएक्स, आशीष अविरल र बाबुल गिरीको सङ्गीत र हिमाल केसीको द्वन्द्व छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार