प्रचण्डको दाबी : नयाँ वर्षमा नयाँ सरकार बन्छ, ओली नेतृत्वको सरकार रहन्न-Sutra News

प्रचण्डको दाबी : नयाँ वर्षमा नयाँ सरकार बन्छ, ओली नेतृत्वको सरकार रहन्न

आइतबार, ३१ चैत्र २०८१

आइतबार, ३१ चैत्र २०८१
फाइल तस्बिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । आइतबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन् ।



प्रचण्डले परिस्थिति फेरिएको र सरकार परिवर्तन अनिवार्य भएको बताए । “परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ”, उनले भनेका छन्, “नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।”

नयाँ वर्ष २०८२ मा जनता र राष्ट्रको आवश्यकताअनुसार अगाडि बढ्ने संकल्प गर्न आवश्यक रहेको प्रचण्डको भनाई छ ।

“२०८१ ले २०८२ का लागि आधार भने दिएको छ, राम्रो काम गर्नका लागि, ‘राजनीतिक दलहरुलाई आत्मसमीक्षा गर्नका लागि, आत्मालोचना गर्नका लागि र, जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने संकल्प गर्नको लागि पुरानो वर्षले आधार दिएको छ, नयाँ वर्षमा संकल्प गर्नु नै छ”, उनले भनेका छन् ।

हालै एक टेलिभिजनसँगको अन्तर्वार्तामा प्रचण्डले नेपाली कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने बाध्यात्मक अवस्था बनेको बताएका थिए । जसलाई माओवादी केन्द्रले निःशर्त सहयोग गर्न तयार रहेको उनको भनाई छ ।

प्रचण्डले विशेषगरी अहिले देखिएका आन्दोलन र शान्ति प्रक्रियालगायतका विषय टुंग्याउन पनि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार