पूर्वराजा ज्ञानेन्द्रको सन्देश- २०८२ सालभित्रै राजसंस्था फर्किनेमा विश्वास गरेका छौं-Sutra News

पूर्वराजा ज्ञानेन्द्रको सन्देश- २०८२ सालभित्रै राजसंस्था फर्किनेमा विश्वास गरेका छौं

आइतबार, ३१ चैत्र २०८१

आइतबार, ३१ चैत्र २०८१

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा राजसंस्था फर्किनेमा विश्वास व्यक्त गरेका छन्। नयाँ वर्ष २०८२ को शुभकामनासहित एक भिडिओ सन्देश जारी गर्दै उनले यही वर्षभित्र राजसंस्था फर्किनेमा विश्वास लिएका हुन्।



देशलाई विद्यमान जटिलताबाट मुक्त गराएर शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरूकता पैदा भएको दाबी गर्दै पूर्वराजा शाहले २०८२ सालमा त्यसको परिणाम हासिल हुने पनि विश्वास व्यक्त गरेका छन्।

‘मुलुकमा व्याप्त अशान्ति, अराजकता, निशारा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिले पनि योगदान पुर्‍याउँदै आएको छ,’ पूर्वराजा शाहले भनेका छन्, ‘राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहिआएको छ।’

संसार धेरै अघि बढेको भन्दै उनले अब संवाद मार्फत समास्या समाधान गर्नु पर्ने बताए।

‘संसार धेरै अघि बढिसक्यो, हामी यो वा त्यो वादमा फसेका छौं। नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ। हरेक समस्याको समाधान संवाद, सहमति, समन्वयन र सहकार्यबाट हुनसक्छ, उनले भने।

राजसंस्था फर्किनेप्रति संकेत गर्दै उनले थपे, ‘आगामी वर्ष नेपालकी इतिहासको सुनौलो सम्झना बन्नुपर्छ र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार