हात नभएको योसिद्य उठाइयो, साँझ ५५ हात लामो योसिद्यः ठड्याइँदै-Sutra News

हात नभएको योसिद्य उठाइयो, साँझ ५५ हात लामो योसिद्यः ठड्याइँदै

आइतबार, ३१ चैत्र २०८१

आइतबार, ३१ चैत्र २०८१
file
काठमाडौं । प्रसिद्घ बिस्का जात्राको चौथो दिन आइतबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह योसिद्यः (हात नभएको लिङ्गो) ठड्याइएको छ।
त्यसैगरी आज साँझ यसीँख्यमा ५५ हात लामो योसिद्यः ठड्याइँदै छ। पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाउने योसिद्यःको टुप्पोमा प्रसादको रुपमा हरियो घाँस र फूल राखिन्छ।
प्रत्येक वर्ष चैत्र मसान्तका दिन  योसिद्यः ठड्याउने र वैशाख ५ गतेका दिन सो ढालेपछि नौ दिन आठ रात लामो बिस्का जात्राअन्तर्गत योसिद्यःको जात्रा सम्पन्न हुन्छ।
योसिद्यःलाई वैशाख १ गते साँझ तान्त्रिक विधिपूर्वक पूजा गरी ढाल्ने परम्परा छ। जात्राको सम्पूर्ण तयारी पूरा भएको गुठी संस्थानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार