‘जारी २’ निर्माण घोषणा, बैशाख तेस्रो साताबाट छायांकन-Sutra News

‘जारी २’ निर्माण घोषणा, बैशाख तेस्रो साताबाट छायांकन

सोमबार, १ बैशाख २०८२

सोमबार, १ बैशाख २०८२

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसर पारेर अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको सिनेमा जारीको सिक्वेल निर्माण घोषणा गरिएको छ । सोमबार नेपाली नयाँ वर्षमा सिनेमाको फरेस्टलुक सार्वजनिक गर्दै ‘जारी २’ निर्माण घोषणा गरिएको हो ।



सिनेमाको निर्माण टिमले सोमबार सार्वजनिक गरेको पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ । यो सिनेमालाई स्लोगन सङ्ग अफ च्याब्रुङ राखिएको छ । ‘जारी २’मा २०८० सालको ब्लकबस्टर सिनेमाका ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको नै लेखन तथा निर्देशन रहनेछ । यो सिनेमा यही वर्षको दशैंमा रिलिज गरिने समेत सार्वजनिक पोस्टरमा उल्लेख गरिएको छ ।

कवी उपेन्द्र सुब्बाको डेव्यु निर्देशन गरेको जारीले नेपाली बक्सअफिसमा १७ करोड माथीको व्यापार गरेको थियो । बैशाख तेस्रो साताबाट फ्लोरमा जाने सिनेमामा दयाहाङ, विजय र मिरुनासँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यारमा निर्माण हुने सिनेमालाई रामबाबु गुरुङले निर्माण गर्नेछन् । यो सिनेमाको सम्पुर्ण छायांकन पाँचथरको विभिन्न पर्यटकिय गन्तव्यमा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार