नेपालमा राजतन्त्र भूत भइसक्यो : गोकुल बास्कोटा-Sutra News

नेपालमा राजतन्त्र भूत भइसक्यो : गोकुल बास्कोटा

सोमबार, १ बैशाख २०८२

सोमबार, १ बैशाख २०८२

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपालमा राजतन्त्रको भविष्य समाप्त भइसकेको टिप्पणी गरेका छन् । राजतन्त्र भूत भइसकेको बताउँदै उनले १८ वर्षअघि नै राजतन्त्रको भविष्य सकिएको बताएका हुन् ।



पछिल्लो समय देशमा राजावादी तत्वहरु सक्रिय भइरहँदा पूर्वमन्त्री समेत रहेका बास्कोटाले भने, ‘नेपालमा राजतन्त्र भूत भइसक्यो, भविष्य होइन ।’

काभ्रेमा प्रेस चौतारी नेपालले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले राजतन्त्र अब इतिहासको पाना पछाडि नफर्कने बताए ।

नेपाल लोकतन्त्रको राजमार्गमा आफ्ना कमजोरी र त्यसका बलिया कुराहरूलाई थप व्यवस्थित, परिमार्जित र दृढ निश्चयका साथ नेपाली समाजलाई अगाडि बढाउन दृढता पूर्वक लागिरहेको बास्कोटाको भनाइ थियो ।

नेपाली प्रेसले पनि लोकतन्त्रमा मात्रै पत्रकारिताको जीवनको स्वतन्त्रता, सार्थकता र उसको भविष्यको सुनिश्चितता हुन्छ भन्ने कुरा गम्भीरतापूर्वक आत्मसाथ गरेको छ भन्नेमा आफू विश्वस्त रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार