आईसीसी यू-१९ : युवराजको ५ विकेटमा ओमान ११७ रनमा अलआउट-Sutra News

आईसीसी यू-१९ : युवराजको ५ विकेटमा ओमान ११७ रनमा अलआउट

सोमबार, १ बैशाख २०८२

सोमबार, १ बैशाख २०८२

काठमाडौं । स्पीनर युवराज खत्रीले ५ विकेट लिएपछि आईसीसी यू-१९ विश्वकप एसिया छनोटको दोस्रो खेल‌मा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको छ ।



ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको हो । जीत व्रजेश साहले अर्धशतक बनाए । ७८ बलमा ६ चौकासहित उनले ५२ रन बनाए । सिद्धार्थ सोम्या शंकरले १६ रन बनाए ।

नेपालका लागि युवराजले ७ ओभरमा १५ रन दिएर ५ विकेटसँगै सन्तोष यादवले २ तथा दयानन्द मण्डल, अशोक धामी र अपराजित पौडेलले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार