

गर्मी आउने बित्तिकै हाम्रो शरीरले धेरै समस्याहरूको सामना गर्नुपर्ने हुन्छ। पिम्पल पनि तीमध्ये एक हो, जुन हाम्रो छालामा देखिन्छ।
यसले छालाको सौन्दर्यतालाई पनि बिगार्ने काम गर्दछ । जसको कारण छालामा जलन भएको महशुस हुन्छ।
यदि तपाईंलाई पनि गर्मीमा पिम्पल आउँछ भने यी विधिहरू अपनाएर छुटकारा पाउन सक्नुहुन्छ।
मानिसहरु पिम्पललाई सामान्य मानेर खासै हेरचाह गर्दैनन् । जसको फलस्वरुप धेरै पीडा पाउने गर्छन् । गरिहाले पनि महँगा औषधि प्रयोग गर्छन् ।
तर यहाँ सामान्य घरेलु औषधिको बारेमा जानकार लिँदै छौ । जुन प्रयोगका लागी अति सहज र फाइदाजनक पनि छ ।
अहिले अप्रिल महिना चलिरहेको छ र गर्मीले आफ्नो प्रकोप देखाउन थालिसकेको छ। गर्मी मौसममा हाम्रो छालामा रातो दाग देखा पर्छ। किनभने गर्मी मौसममा बढ्दो तापक्रमका कारण शरीरमा सेबमको उत्पादन बढ्छ।
सेबमको अत्यधिक उत्पादनले छिद्रहरू बन्द हुन्छन्, जसले गर्दा तातो पिम्पलहरू बन्न पुग्छन्। तर हामिले ध्यान दिने हो भने यसको सजिले समाधान पनि गर्न सकिन्छ ।
अपनाउनुहोस् यस्ता ५ घरेलु बिधि जसको प्रयोगले हराउँछ पिम्पल
१.गर्मी मौसममा एलोभेरा जेल छालाको लागि एकदमै फाइदाजनक हुन्छ। छालालाई चिसो बनाउन एलोभेरा प्रयोग गर्नुपर्छ। यसले पिम्पल निम्त्याउने ब्याक्टेरियालाई कम गर्छ र छालालाई चम्किलो पनि बनाउँछ। एलोभेरा जेल लगाउनाले छालालाई शीतल बनाउँछ, यसलाई रातमा पिम्पलबाट छुटकारा पाउन प्रयोग गर्न सकिन्छ। रातमा यसको प्रयोग गर्नाले पिम्पल चाँडै निको हुन्छ।
२.त्यस्तै पानीको मात्रा बढी भएका फलफूल र तरकारीहरू प्रशस्त खानुहोस्। आफ्नो खानामा तरबुजा, गोलभेडा, काँक्रो, सुन्तला, नरिवल पानी आदि समावेश गरेर खानुहोस् ।
३.पिम्पल आउँदा छाला पोल्ने र दुख्ने भएकाले तपाइँले आफूले लगाउने कपडामा विशेष ध्यान दिनुपर्ने हुन्छ । त्यसका लागि तपाइँले सुती र रेशमी कपडाबाट बनेका खुकुलो लुगा लगाउन सक्नुहुन्छ । कसिलो, फिटिङ लुगा, सिंथेटिक कपडा र धेरै तहका लुगा नलगाउनुहोस् ।
४.हरेक दिन ३/४ लिटर पानी पिउनाले शरीरलाई पर्याप्त मात्रामा हाइड्रेटेड राख्छ, जसले गर्दा शरीरको तापक्रम कम हुन्छ ।
५.यदि तपाई दैनिक ग्रिन टी पिउनुहुन्छ भने पहिला ग्रिन टी उमाल्नुहोस् र चिसो हुन दिनुहोस्। यो ग्रिन टीमा कपास डुबाउनुहोस् र त्यसपछि पिम्पलमा लगाउनुहोस्। १० देखि १५ मिनेट लगाएपछि यसलाई धुनुहोस् र सफा गर्नुहोस्। यसलाई दिनमा ३ देखि ४ पटक लगाउनाले पिम्पल कम हुन थाल्छ। एजेन्सीबाट