लगातारको रेकर्डपछि घट्यो सुनको मूल्य-Sutra News

लगातारको रेकर्डपछि घट्यो सुनको मूल्य

मंगलबार, २ बैशाख २०८२

मंगलबार, २ बैशाख २०८२

काठमाडौं । स्थानीय बजारमा वर्षको पहिलो कारोबार दिन सुनचाँदीको मूल्य घटेको छ । गत बिहीबारदेखि लगातार एकपछि अर्को रेकर्ड बनाइरहेको मूल्यमा आज गिरावट आएको हो ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको छ । मूल्य घटेसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ८६ हजार रुपैयाँ कायम भएको थियो । जुन हालसम्मकै उच्च मूल्य थियो ।

सुनको मूल्य घटेसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ ।

मूल्य घटेसँगै आज चाँदीको मूल्य प्रतितोला १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंस ३ हजार २२७ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार