ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अब अनलाइनबाटै, घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य-Sutra News

ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अब अनलाइनबाटै, घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य

मंगलबार, २ बैशाख २०८२

मंगलबार, २ बैशाख २०८२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइन सेवा सुरु गरेको छ । अनलाइन सेवा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेर अब कागजी फारम भर्ने र त्यो बुझाउन लाइन लाग्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने छ ।



परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा प्रदान गरिने सेवाहरूको लागि सेवाग्राहीले परीक्षा नियन्त्रण कार्यालयमै आउनुपर्ने अवस्थालाई न्यूनीकरण गर्न अनलाइन सेवा सुरु गरिएको हो । आफ्नै पद्धति तयार गरी अनलाइन सेवा कार्यान्वयनमा ल्याइएको परीक्षा नियन्त्रक जोशीले दाबी गरेका छन् ।

अनलाइन फारम भर्नका लागि student.tuexam.edu.np मा लगइन गरी दिइएको निर्देशन अनुसार फारम भर्न सकिन्छ । पनिकाका अनुसार तोकिएको शुल्क संलग्न बैंकमार्फत् अनलाइनबाट भुक्तानी गरी सबमिट गर्न सकिने छ । यसका लागि प्रारम्भिक चरणमा रजिष्ट्रेसन कार्डमा उल्लेख भए बमोजिम मार्कसिटहरुमा एकरुपता भए सोही अनुसार गर्ने अन्यथा करेक्सन अप्सनमा गएर सच्याएर सबमिट गर्नुपर्नेछ।

अनलाइन वितरण गरिएका मार्कसिट बाहेक सो भन्दा पूर्व वितरण गरिएका पहेँलो सक्कल मार्कसीटमा फरक पर्न गए Application ID को Slip र पहेंलो सक्कल मार्कसीट तोकिएको गोप्य शाखामा बुझाउनु पर्नेछ । यसरी फाराम अनलाइन माध्यमबाट  submit गरेपछि प्राप्त  पनिकाले विस्तृत जानकारीको लागि संलग्न Student Portal Manual हेर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार