हातखुट्टामा ६ वटा औंला हुनु भाग्य कि रोग ?-Sutra News

हातखुट्टामा ६ वटा औंला हुनु भाग्य कि रोग ?

मंगलबार, २ बैशाख २०८२

मंगलबार, २ बैशाख २०८२

एजेन्सी । सामान्यतया हामी सबैको हातखुट्टामा ५\५ओटा औंला हुन्छन्। केहीको हात वा खुट्टामा ६ ओटा पनि औंला हुन्छन्। लगभग १००० मध्ये एक जनाको हात वा खुट्टामा मात्र छ वटा औंलाहरू हुने अनुसन्धानले देखाएको छ।



धेरैजसो अवस्थामा यो अतिरिक्त औंला चोर औंला र बुढी औंलाको बीचमा हुन्छ। यसबाट पीडित लगभग आधा मानिसहरूले यसलाई रोग ठान्छन् र शल्यक्रिया मार्फत आफ्नो छैटौं औंला फल्छन्। तर कतिपयले भने बुढापाकाले भने जस्तै ६ ओटा औंला हुने व्यक्ति भाग्यमानी हुने ठान्छन्।

तर वास्तवमा छ वटा औंला हुनु कुनै रोग होइन। ज्योतिष र चिकित्सा विज्ञानमा अनुशार छ वटा औंला भएका व्यक्तिहरू धेरै भाग्यमानी मानिन्छन्। यस्ता व्यक्तिहरूको दिमाग धेरै तेज हुन्छ भन्ने विश्वास गरिन्छ।

यता मेडिकल अध्ययन अनुसार यसलाई साधारण भ्रुण विकसित हुने क्रममा जब हातको आकार बन्दै जान्छ, तब ६ देखि ७ हप्ताको समयमा औंलाहरु छुट्टिन्छन्। त्यो क्रम विकास अनियमित हुँदा एउटा औंला छुट्टिएर दुई वटा बन्छन्। त्यही प्रक्रियाबाट हातमा ६ ओटा औंलाहरु बन्छन् भने कसैमा त्यो भन्दा पनि बढी हुन्छन्।

यसले कुनै समस्या उत्पन्न नगर्ने तथा मानिसको जीवनशैलीलाई केही असर पनि नगर्ने बताइन्छ। यसलाई कुनै रोग पनि मानिदैन। तर हात वा खुट्टामा छ वटा औंला भएको व्यक्ति आफ्नै तरिकाले विशेष बन्छ। चिकित्सा विज्ञानले यसलाई एक प्रकारको विकार मान्दछ, जसलाई पोलिड्याक्टिली भनिन्छ।

तर ज्योतिषशास्त्रले यसलाई प्रकृतिको वरदान र सौभाग्यको प्रतीक मान्दछ। जर्मनीको फ्रेइबर्ग विश्वविद्यालयमा गरिएको एक अनुसन्धान अनुसार छ वटा औंला भएका व्यक्तिहरू मानसिक रूपमा तेज हुन्छन् भनेको छ भने बोस्टन चिल्ड्रेन्स हस्पिटलको एक अनुसन्धानले यस्तो पोलिड्याक्टाइली सिन्ड्रोम भ्रूणको विकासको क्रममा हुन्छ भनेको छ।

भ्रूणको विकासको क्रममा हातमा पन्जा जस्तो आकार बन्छ, त्यसपछि औंलाहरूले आकार लिन्छन्। यदि यस प्रक्रियामा कुनै अवरोध वा परिवर्तन भयो भने छैटौं औंला बन्छ। धेरै अवस्थामा यो आनुवंशिक हुन्छ। यसको अर्थ यदि परिवारमा कसैलाई यो सिन्ड्रोम छ वा नजिकको नातेदार यो समस्याबाट पीडित छ भने सम्भावना बढ्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार