

एजेन्सी । जेनेरेटिभ एआई प्रयोग गरेर सिर्जना गरिएका अश्लील तस्बिर बेचेको आरोपमा जापान प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
अश्लील पोस्टरहरू बनाएर अनलाइनमा बेच्ने गरेको आरोप लागेका चार जनालाई सोमबार पक्राउ गरिएको टोकियो प्रहरीका प्रवक्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार संस्था एएफपीले उल्लेख गरेको छ ।
प्रहरीका अनुसार उनीहरूले गत अक्टोबरमा लिलामी साइटहरूमा धेरै पटक तस्बिरहरू बेचेका थिए।
संदिग्धहरूले वास्तविक संसारमा नभएका नग्न वयस्क महिलाहरूको तस्बिर सिर्जना गर्न निःशुल्क एआई सफ्टवेयर प्रयोग गर्ने गरेका थिए। उनीहरूले बनाएका ति तस्बिर वास्तविक मानिसका होइनन् तर देख्दा यथार्थ लाग्ने प्रकारका हुन्छन्।
२० देखि ५० वर्षको उमेरका चार जनाले प्रत्येक पोस्टरलाई २० देखि ५० डलरसम्ममा बेचेका थिए।
आरोप प्रमाणित भए उनीहरूमाथि दुई वर्ष जेल सजाय र १७ हजार पाँच सय डलर सम्म जरिवाना वा दुवै सजाय हुनेछ।