कार्यशैली नबदलिए सरकार नै बदलिने कांग्रेस महामन्त्री शर्माको संकेत-Sutra News

कार्यशैली नबदलिए सरकार नै बदलिने कांग्रेस महामन्त्री शर्माको संकेत

बुधबार, ३ बैशाख २०८२

बुधबार, ३ बैशाख २०८२

काठमाडौं । पछिल्लो समय सरकार परिवर्तनको चर्चा चल्हिँदा सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको प्रवृत्ति समर्थनका लागि लायक नभएको बताएका छन् ।



“नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा बिलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैन,” विश्वप्रकाशले भनेका छन्, “मुख्य दुई दल सम्मिलित सरकारको गति संतोषजनक भएन ।”

उनले सरकारको निरन्तरताका लागि कमजोरी केलाउन, लय मिलाउन र गति बढाउन प्रस्ताव गरेका छन् । सरकार चल्नु पर्ने तर कार्यशैली बदल्नुपर्ने बताएका छन् । कार्यशैली नबदलिए सरकार नै बदलिने उनले संकेत गरेका छन् ।

“कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ । सरकार अलमल बाहिर, अनुभूतिमा भेटिनुपर्छ,” शर्माले भनेका छन्, “सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ !”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार