

काठमाडौं । पछिल्लो समय नेपाली गीत संगीतको बजार फराकिलो बन्दै गइरहेको छ । नयाँ नयाँ गीत संगीतले दर्शक/श्रोताको मन जितिरहेका छन् । सोहि क्रममा नयाँ गीत ‘तिम्रै कारण’ सार्वजनिक भएको छ ।
शशि विक्रम थापा र शान्तिश्री परियारको स्वरमा सुनाखरी मल्टिमिडिया फाउण्डेशनद्धारा सुनखरी मल्टिमिडियाको आधिकारिक युट्युब च्यानलमा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
उक्त म्युजिक भिडियोमा पुष्प खड्का र ललना चिमरियाको अभिनय रहेको छ । गीतमा माधव थापाले शब्द र संगीत दिएका छन्। गीतको संगीत संयोजक श्रीराम रायमाझी रहेका छन् ।