

काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले श्रीमान् युवराज श्रेष्ठविरुद्ध अनेकौं लान्छना लगाउँदै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरिन्।
एक अन्तर्वार्तामा अरुणिमाले श्रीमान युवराजले आफूलाई विभिन्न कुराहरू ढाँटेर बिहे गरेको भन्दै मुद्दा दर्ता गरेको बताइन्। उनले श्रीमानमाथि अमेरिका जानका लागि मात्रै आफूसित बिहे गरेको आरोप लगाइन्।
‘मलाई जीवन साथी बनाउने चाहना उहाँको रहेनछ। खाली मसित बिहे गरेर अमेरिका जाने सोच रहेछ। उहाँको अमेरिका जाने सपना चकनाचुर भयो,’ अरुणिमाले भनिन्।
तर, आफूमाथी यतिधेरै आरोप लागेपनि श्रीमान् युवराजले भने अहिलेसम्म मुख खोलेका छैनन्।
पढाइ, पार्टीभित्रको ओहदा, केटी साथी, सम्पत्ति लगायतका कुराहरु ढाँटेको भन्ने श्रीमतीको आरोपबारे युवराजले अहिले केही नबोल्ने बताए।
तपाईँले डिभोर्स गर्न मान्नु भएन भन्ने उहाँको (अरुणिमाको) आरोप छ नि भन्ने जिज्ञासामा उनले भने, ‘अहिले म केही भन्ने पक्षमा छैन। त्यो बिषय कोर्टमा गएको छ। कोर्टको प्रक्रिया नटुङ्गिकन के भन्नु ?’
अरुणिमाले विवाह भएको ९ महिना बितिसक्दा समेत युवराजसँग शारीरिक सम्बन्ध नभएको दाबी गर्दै आएकी छन्।
अन्तर्वार्ताकार सोध्छन्- उहाँसँगै बस्नुभो, सँगै खानुभो, विवाह गर्नुभो। अनि थाहा छैन भन्न पाइन्छ ?
अरुणिमा भन्छिन्- म सँगै बसिनँ हजुर। हामी सँगै बस्या छैन।
अन्तर्वार्ताकारको अर्को जिज्ञासा- श्रीमानसँग तपाईंको सम्बन्ध भयो कि भएन ?
अरुणिमाले भनेकी छन्- भएन। उहाँले मलाई मूलघरमा भित्र्याउनुपर्छ भनेर भन्नुभएको थियो। मूलघरमा चाहिँ वैशाखमा मात्रै भित्र्याउने कुरा थियो। हजुर वैशाखमा आउनुस् भन्नुभएको थियो। अहिले चाहिँ उहाँलाई अप्लाइ गर्नुपर्छ भनेर खाली कागजीरूपमा मात्रै विवाह गरिएको हो।
तथापि युवराज भने कुनै विषयमा पनि बोल्न चाहेनन्। उनले भनेका छन्, ‘अहिले म केही पनि भन्दिनँ। समय आएपछि मिडियामा आउने नै छु।’