

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे बस्नेगरी संसद अधिवेशन बोलाएका हुन् ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले शिक्षक आन्दोलनलाई मध्यनजर गर्दै विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।
संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गरिनुपर्ने मागसहित देशभरका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।