

काठमाडौं । सरकार परिवर्तनको चर्चाका बिच सत्तारुढ गठबन्धनको कार्यदल र उच्चस्तरीय संयन्त्रको बैठक आह्वान गरिएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार अपरान्ह ५ बजे बालुवाटारमा सुरुमा कार्यदलको बैठक बस्नेछ।
त्यसपछि साँझ साढे ६ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने बताइएको छ।
बैठकमा पछिल्लो समसामयिक राजनीति, बजेट अधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने बुझिएको छ।