यस्तो छ मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)-Sutra News

यस्तो छ मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)

बुधबार, ३ बैशाख २०८२

बुधबार, ३ बैशाख २०८२

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका २० निर्णय सार्वजनिक गरेको छ ।



सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीशुब्बा गुरुङले बुधबार मन्त्रालयमा नियमित पत्रकार सम्मेनलनमार्फत निर्णय सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्ले साना सिचाई कार्यक्रमका लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने थप अनुदान सहायता १८ दशमलव ८ लाख स्वी फ्रायाङ्क प्राप्त गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

त्यस्तै बैठकले आयोडिनयुक्त नून(बिक्रि बितरण) ऐन, २०५५ आगामी साउन १ गतेदेखि नेपालराज्यभर प्रारम्भ गर्ने सूचना नेपाल राजपत्रमा प्रकासन गर्ने निर्णय गरेको छ भने सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलव्ध गराउनेसम्बन्धी(पहिलो संशोधन) कार्यनीति २०८१ स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

बैठकले हवाई सेवा व्यवस्थापन नियमावली २०८१ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार