विमानस्थलमा विदेशबाट फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन प्रहरी कारबाहीमा-Sutra News

विमानस्थलमा विदेशबाट फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन प्रहरी कारबाहीमा

बुधबार, ३ बैशाख २०८२

बुधबार, ३ बैशाख २०८२

काठमाडौं । त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलमा एक युवामाथि दुर्व्यवहार गर्ने तीन प्रहरी कारबाही गरिएको छ।



काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने तीन जना प्रहरीलाई कारबाही गरिएको जनाएको छ।

उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिए।

दूबईबाट ३१ चैतमा काठमाडौं आएका मोरङका सञ्जय ओझा विमानस्थलको अध्यागमन र भन्सार जाँच पार गरिसकेपछि दुर्व्यवहारमा परेका थिए।

उनीमाथि प्रहरीले गरेको दुर्व्यवहार को भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। १० दिनको बिदामा काठमाडौं आएर विमानस्थल बाहिर निस्किँदै गर्दा एक कर्मचारीले उनलाई ट्रली बाहिर ल्याएको विषयमा गालीगलौच गरेका ओझाले बताएका छन्।

ओझाका अनुसार ती व्यक्तिले त्यस्तो व्यवहार गरेपछि उनले प्रहरीलाई बोलाएका थिए। तर, प्रहरीले उल्टै उनीमाथि थप दुर्व्यवहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार