सुनको मूल्यमा भारी बृद्धि, तोलाकै मूल्य १ लाख ९० हजार माथि-Sutra News

सुनको मूल्यमा भारी बृद्धि, तोलाकै मूल्य १ लाख ९० हजार माथि

बिहिबार, ४ बैशाख २०८२

बिहिबार, ४ बैशाख २०८२

काठमाडौं । स्थानीय बजारमा एकपछि अर्को रेकर्ड बनिरहेको सुनको मूल्यमा बिहीबार भारी बृद्धि भएको छ । निरन्तर बृद्धिका बिच बिहीबार एकै दिन ३ हजार ६ सय रुपैयाँले बढेको हो ।



मूल्य बृद्धिसँगै बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।

यसअघि बुधबार सुनको मूल्य १ लाख ८७ हजार रुपैयाँ कायम थियो । जुन बुधबारसम्मको लागि सबैभन्दा उच्च मूल्य थियो ।

सुनको मूल्य बृद्धि भइरहँदा चाँदीको मूल्यमा पनि सामान्य बृद्धि भएको छ । बुधबारको तुलनामा प्रतितोला ५ रुपैयाँले बढ्दै चाँदी प्रतितोला १ हजार ९५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रतिऔंश ३ हजार ३४२ डलरमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार