

काठमाडौं । यतिबेला भारतीय कलाकार इब्राहिम अली खान र पलक तिवारीको सम्बन्ध चर्चामा छ । दुबै जना धेरै पटकसँगै देखिएका छन् ।
फिल्म ‘नादानियाँ’ बाट ओटीटी डेब्यू गरेका बलिउड अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खानले पलक तिवारीसँगको प्रेम सम्बन्धको बारेमा कुरा गरेका छन् । उनको नाम लामो समयदेखि टिभी अभिनेत्री श्वेता तिवारीकी छोरी पलक तिवारीसँग जोडिदै आएको थियो । दुवै जना धेरै पटक लेट नाइट पार्टी वा सँगै फिल्म हेर्न जाँदा सँगै देखिएका पनि हुन्थे ।
इब्राहिम अली खानलाई पनि धेरै पटक पलकलाई मानिसहरूबाट जोगाउँदै गरेको देखिएको थियो। उनिहरुको भिडियो सामाजिक सञ्जालमा पनि भाइरल भइरहेका हुन्छन् । उनिहरुलाई सँगै देख्दा प्रेम सम्बन्धलाई लिएर धेरैले प्रश्न पनि गर्ने गर्दा दुवैले कहिल्यै आफ्नो सम्बन्धको बारेमा भने कुरा गरेका थिएनन् । तर अहिले भने इब्राहिम अली खानले पलक तिवारीको बारेमा खुलेर कुरा गरेका छन्।
इब्राहिम अली खानले फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा भनेका छन् उनी मेरो धेरै असल साथी हुन्। उनी धेरै प्यारी छिन् तर म तपाईंलाई यो भन्दा बढी केही भन्न चाहन्न। म र उनको सम्बन्धको बारेमा धेरै भन्न चाहन्न। तर उनको यो जवाफबाट फ्यानहरु भने अन्योलमा परेका छन् ।