बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार तनहुँका ३ पत्रकारले पाउने-Sutra News

बन्दीपुर केवलकार उद्यमशील पत्रकारिता पुरस्कार तनहुँका ३ पत्रकारले पाउने

बिहिबार, ४ बैशाख २०८२

बिहिबार, ४ बैशाख २०८२

काठमाडौं । बन्दीपुर केवलकार पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कारका लागि तनहुँका तीन जना पत्रकारहरु छनोट भएका छन् । पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा संचालित र निर्माणाधीन बन्दीपुर केवलकार एण्ड टुरिज्म लिमिटेडले यस आर्थिक वर्षको लागि तनहुँ जिल्लामा रहेर उद्यमशिलताको विषयमा शसक्त कलम चलाउने पत्रकारहरुलाई छनोट गरेको हो ।



कम्पनीका संचालक एवं पत्रकार तारानाथ उपाध्यायको संयोजकत्वमा गठित समितिले विभिन्न आधारमा ४ जना पत्रकारहरू छनोट गरि संचालक समिति समक्ष शिफारिस गरेको थियो । समितिको प्रतिवेदनलाई संचालक समितिले स्वीकृत गरि २०८२ साल वैशाख ६ गते हुने चौथो साधारण सभाको अवसरमा सम्मान र पुरष्कृत गर्ने निर्णय गरेको हो ।

सम्मानित हुने पत्रकारहरूमा पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपती अधिकारी, लोकवाणी दैनिकका सम्पादक प्रकाश चन्द्र भट्टराई र जनचाहना खबरका साने बहादुर नेपाली रहेका छन् । तीनै जना पत्रकारलाई ५१ हजार नगदसहित सम्मान गरिने जनाइएको छ ।

पुरस्कार वितरण कार्यक्रममा सोही क्षेत्रका सांसद स्वर्णिम वाग्ले, राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने र प्रदेश सांसद हरिबहादुर चुमान सहभागि हुने जनाइएको छ ।

बन्दीपुरहिल गुरूयोजना नाम दिएको यस परियोजना १५ प्रतिशत हिस्सा संचालनमा आइसकेको र २ वर्षभित्र समग्र बन्दीपुरहिल ६ अर्ब २९ करोडको गुरूयोजनालाई पुर्णता दिन खोजिएको गुरू योजनाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार