बालकुमारीको कवाड क्षेत्रमा महानगरले चलायो डोजर, दुई मजदुर पक्राउ-Sutra News

बालकुमारीको कवाड क्षेत्रमा महानगरले चलायो डोजर, दुई मजदुर पक्राउ

बिहिबार, ४ बैशाख २०८२

बिहिबार, ४ बैशाख २०८२
file

काठमाडौं । कवाडी व्यवसायी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबिच टसल चलिरहँदा महानगरले बालकुमारी पुल क्षेत्रको कवाड संकलन केन्द्रमा डोजर चलाएको छ।



महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार पटकपटक सूचना दिंदा पनि अटेर गरेपछि डोजर चलाइएको हो। आवास क्षेत्रमा रहेका कवाडी संकलन केन्द्र आज हटाइएको हो।

डोजर लगाएर कवाड संकलन केन्द्र भत्काउन लागिएपछि प्रतिकारमा उत्रिएका मजदुरहरूले ढुंगामुडा प्रहार गर्दा डोजरको सिसा फुटेको र घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको महानगर प्रहरीले जनाएको छ।

महानगर क्षेत्रबाट कवाडी संकलन केन्द्र हटाउन लागिरहेका बालेन र कवाडी संकलकबिच यसअघि पनि पटकपटक संघर्ष हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार