प्रदर्शनको ६ दिनसम्म ‘कर्मा’ले कमायो २५ लाख, ‘पिताम्बर’को कति ?-Sutra News

प्रदर्शनको ६ दिनसम्म ‘कर्मा’ले कमायो २५ लाख, ‘पिताम्बर’को कति ?

बिहिबार, ४ बैशाख २०८२

बिहिबार, ४ बैशाख २०८२

काठमाडौं । नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गतेबाट एकसाथ प्रदर्शनमा आएका ‘पिताम्बर’ र ‘कर्मा’ फिल्ममा बलियो ‘स्टारकास्ट’ भएकाले व्यापार आक्रामक हुने अपेक्षा गरिएको थियो।



तर, दुवै फिल्मको ओपनिङ नै अपेक्षाकृत भएन। अब दोस्रो हप्ताको संघारमा आइपुग्दा ‘कर्मा’ व्यापारमा नाजुक देखिएको छ। ‘पिताम्बर’को अवस्था भने सन्तोषजनक छ।

चलचित्र विकास बोर्डको तथ्यांकअनुसार प्रदर्शनको ६ दिन (बुधबार साँझ)सम्म दुई फिल्मले गरेर कुल २ करोड ४३ लाखको ग्रस व्यापार गरेका छन्। ‘पिताम्बर’ले २ करोड १८ लाखमाथिको ग्रस व्यापार गरेको छ। ‘कर्मा’को कलेक्सन भने ६ दिनसम्ममा २५ लाख हाराहारी पुगेको छ।

‘पिताम्बर’ले ६ दिनमा सुखद् व्यापार गरेको भए पनि ‘स्टारकास्ट’को आधारमा त्यसलाई उत्साहजनक मान्न सकिँदैन। प्रदीप खड्कादेखि सौगात मल्लसम्मको अभिनय रहेको फिल्मले ओपनिङ नै डेढ करोडमाथिको गर्ने प्रक्षेपण थियो।

तर, प्रि-बुकिङमै दर्शकको खासै आकर्षण नदेखिँदा ओपनिङ प्रभावित भयो। यद्यपि, शनिबार र नयाँ वर्षमा फिल्मको व्यापार सन्तोषजनक थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार