आफ्नै सहकर्मीले किन रड प्रहार गरिन् शर्मिला वाइबालाई ?-Sutra News

आफ्नै सहकर्मीले किन रड प्रहार गरिन् शर्मिला वाइबालाई ?

बिहिबार, ४ बैशाख २०८२

बिहिबार, ४ बैशाख २०८२

काठमाडौं । आफूलाई अभियन्ता बताउने शर्मिला वाइबालाई आफ्नै सहकर्मीले रद प्रहार गरेकी छन्। बुधवार राति सहकर्मीले काँडाघारीमा उनलाई फलामको रड प्रहार गरेकी हुन्।



राम मन्दिर नजिकै पहेँलो पुलमा रड प्रहारबाट वाइबा सामान्य घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेको छ। अहिले त उनी विभिन्न युट्युबरहरूलाई अन्तर्वार्ता समेत दिन थालिसकेकी छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार वाइबाकी सहकर्मी शर्मिला श्रेष्ठ राईले उनलाई आक्रमण गरेकी हुन्।

प्रहरीकाअनुसार उनीहरू पहिले सँगै बस्दै आएका थिए र लेनदेनको विषयमा विवाद भएपछि घटनाले उग्ररूप लिएको हो।

घाइते वाइबाको बौद्धस्थित स्तुपा अस्पतालमा उपचार हुँदैछ।

घाइते शर्मिलालाई पहिचानवादी नेता आङकाजी शेर्पालगायतले स्तुपा अस्पताल पुगेर भेटेका छन्। त्यस्तै, आशिका तामाङ्गले पनि उनलाई अस्पतालाई पुगेर भेटेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार