उच्च अदालत जनकपुरले दियो रामबहादुर बम्जनलाई सफाई-Sutra News

उच्च अदालत जनकपुरले दियो रामबहादुर बम्जनलाई सफाई

बिहिबार, ४ बैशाख २०८२

बिहिबार, ४ बैशाख २०८२

काठमाडौं । बाल यौन दुरुपयोगको अभियोगमा जेल सजाय भुक्तान गरिरहेका धर्मगुरु राम बहादुर बम्जनलाई उच्च अदालत जनकपुरले सफाई दिएको छ।



जिल्ला अदालत सर्लाहीले गएको १७ असारमा १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेकोमा उच्च अदालत जनकपुरले सफाई दिएको हो।

जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको इजलासले बम्जनलाई सफाई दिएको हो।

भट्ट र भण्डारीको इजलासले ६ चैत, २०८० मा रामबहादुरसँगै बाल यौन दुराचारको आरोप खेपेका ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई पनि सफाइ दिएको हो। उनीहरू दुवैले जिल्ला अदालतमा पनि सफाई पाएका थिए।

जिल्ला अदालत सर्लाहीले १७ असार, २०८१ मा बम्जनलाई १० वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार