

काठमाडौं । भारतमा यदि कुनै शो को चर्चा छ भने त्यो हो बिग बोस र खतरो के खेलाडी । शो यस कारण पनि बर्षेनी चर्चामा रहन्छ जसको होस्टका करोडौं फ्यान छन् । यी दुई शो जुन प्रशारण हुँदा अन्य कार्यक्रमहरु छाँयामा पर्ने गर्दछन् । त्यसैले पनि धेरैले यी शोहरुलाई भारतमा रियालिटी शो को बाउ भन्ने गरेका छन् । तर पछिल्लो समय बिग बोस र स्टन्ट शो खतरों के खिलाडीको आगामी सिजनमाथि सङ्कट उत्पन्न भएको खबर सार्वजनिक भएको छ ।
भारतिय समाचार माध्याम आज तकका अनुशार शोका निर्माता बनिजय एसिया (एन्डेमोल शाइन इन्डिया) ले निर्माताको रूपमा कलर्स च्यानललाई छोडेका छन् तर शोको नयाँ सिजनको लागि निर्माताहरूको सबै तयारीहरू बाँकी रहेको छन् । बिग बोस १८ को खराब प्रदर्शन र लगातार घटिरहेको टिआरपीका कारण बनिजय पछि हटेको हुनसक्ने अनुमान गरिएको छ । तर यो खबरले भने बीबी लर्भस र शोसँग सम्बन्धित व्यक्तिहरूलाई झट्का लागेको छ ।
उक्त सञ्चार माध्यमको रिपोर्ट अनुसार उक्त शोका निर्माता बनिजय एसियाको आन्तरिक विवादका कारण एन्डेमोलले च्यानलसँगको आफ्नो सम्बन्ध तोडेको बताइएको छ । यो विवाद दुई महिनाअघि सुरु भएको थियो । त्यसपछि बनिजय एसियाले दुई हप्ताअघि यी कार्यक्रमहरूबाट पछि हट्ने निर्णय गरेका हुन् । यस विषयमा कलर्स र बनिजय एसियाले कुनै आधिकारिक बयान जारी गरेको छैन । यो बिचमा दुई शोहरूको भविष्य भनेअन्योल देखिएको छ ।
स्रोतहरूका अनुसार, बिग बोस र खतरों के खिलाडीको आगामी सिजनहरू रद्द गरिने छैन । तर स्थगित भने गरिनेछ । कलर्स च्यानलले नयाँ निर्माताहरूको खोजी गरिरहेको बताइएको छ । नयाँ प्रोडक्सन हाउसको प्रवेशका कारण शोमा धेरै नयाँ परिवर्तनहरू आउन सक्ने भन्दै दुवै रियालिटी शोहरू यस वर्ष प्रसारण हुने बताइएको छ ।