५५ प्रतिशतले बढ्यो कोइरालोको भाउ-Sutra News

५५ प्रतिशतले बढ्यो कोइरालोको भाउ

शुक्रबार, ५ बैशाख २०८२

शुक्रबार, ५ बैशाख २०८२

काठमाडौं । बजारमा कोइरालोको मूल्यवृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार कोइरालोको मूल्यवृद्धि भएको हो ।



कालीमाटी बजारमा आज कोइरालोको भाउ ५५ प्रतिशतले वृद्धि भएर ३ सय २६ रुपैयाँ प्रतिकेजी औसत मूल्य कायम भएको छ । बिहीबार कोइरालो प्रतिकेजी २ सय १० रुपैयाँमा किनबेच भएको थियो ।

आज भने कोइरालोको मूल्य किलोमै १ सय रुपैयाँले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार