यस्तो छ साउन २३ मा रिलिज हुन लागेको ‘मोहर’मा पलको गेटअप-Sutra News

यस्तो छ साउन २३ मा रिलिज हुन लागेको ‘मोहर’मा पलको गेटअप

शुक्रबार, ५ बैशाख २०८२

शुक्रबार, ५ बैशाख २०८२

काठमाडौं । नायक पल शाहको यो वर्ष रिलिज हुन लागेको पहिलो फिल्म हो, ‘मोहर’ । यो फिल्मलाई साउनको २३ गतेबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ ।



फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशिल देवकोटा र बाल–कलाकार सारा शर्माको अभिनय छ ।

निर्माणपक्षले फिल्मका मुख्य नायक पल शाहको केही तस्वीरहरु सार्वजनिक गरेको छ । जहाँ, पल लामो कपाल पालेको अवतारमा छन् । उनको हातमा भरुवा बन्दुक समेत छ । यसले, पलको भूमिका कस्तो होला भन्ने कौतुहलता दर्शकमा पैदा हुने देखिन्छ ।

दीपेन बस्न्यातको डीओपी रहेको फिल्ममा कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ । फिल्मका मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुन् । कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन् । फिल्मको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको छ ।

यो फिल्म र आफ्नो भूमिकालाई लिएर पल शाह निकै नै उत्साहित छन् । उनले, यसपटक दर्शकले आफूलाई फरक गेटअपमा देख्न पाउने बताए । फिल्मको कथावस्तुको बारेमा निर्माणपक्षले केही पनि बोलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार