नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै-Sutra News

नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै

शुक्रबार, ५ बैशाख २०८२

शुक्रबार, ५ बैशाख २०८२

काठमाडौं । विभिन्न वायुसेवा कम्पनीसँग आवद्ध रहेका नेपाली पाइलटहरु एउटै छाना मुनी संगठित हुने अभिप्रायले हालै पाईलट एसोसिएसन अफ नेपाल संचालनमा ल्याईएको छ ।



जससँगै संगठित पाईलटहरु पाइलटको व्यवसायिकता अभिवृद्धि तथा जनचेतना अभिवृद्धिका माध्यमबाट नेपालको हवाई उड्ययन क्षेत्रममा सकारात्मक अभिबृद्धि ल्याउन थप अग्रसर देखिएका हुन् । यही प्रयासको पहिलो कदमका रुपमा आउँदो शनिबार अप्रिल १९, २०२५ का दिन मल्ल होटलमा नेपालको पहिलो पाईलट समिट, स्काईवेल पाईलट समिट २०२५ आयोजना हुँदैछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननिय मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आथित्यता रहनेछ । जसका लागि टाईटल स्पोनसरको रुपमा स्काईवेल, नेपालको पहिलो रियल इभी एसयुभीले साथ दिएको हो ।

टाईटल स्पोनसरको रुपमा गरिएको सम्झौता हस्ताक्षर समारोहमा स्काईवेल नेपालका आधिकारीक आयातकर्ता जि मोटर्स प्रालिका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले पाईलट जस्तो संवेदनशिल पेशाकर्मीसँगको साथ र ऐक्यबद्धतामा सरिक हुन पाउँदा खुसी व्यक्त गर्दै, यात्रुको सुरक्षामा उच्चतम विन्दुको मापदण्ड अपनाउने पाईलट र स्काईवेल दुवैको उदेश्यमा मेल खाने भएकैले यो सहकार्य सम्भव भएको बताए ।

स्मरणीय त के छ भने स्काईवेल चीनमा उत्पादन भएर ६५ मुलुकमा निर्यात हुँदै आएको अग्रणी इयु प्रोडक्ट सर्टिफाईड इलेक्ट्रिक र्इभी हो भने यसले चाईना एनक्याप सेफ्टी रेटिङमा फाईभ स्टार रेटिङ् प्राप्त गरेको छ ।

फाईभ स्टार एनक्याप सेफ्टी रेटिङ्को सबैभन्दा उच्चतम मापदण्ड हो । नेपालकै पहिलो पाईलट समिटको टाईटल स्पोनसरको रुपमा रहेको स्काईवेल सन् २०२५ का लागि पाईलट एसोसिएसन अफ नेपालको आधिकारीक मोविलिटी पार्टनरको रुपमा चिनिनेछ ।

सम्झौतामा हस्ताक्षर गर्दै पाईलट एसोसिएसन अफ नेपालका अध्यक्ष क्याप्टेन लेखनाथ पोख्रेलले स्काईवेलले शुरुवाती चरणमै देखाएको तत्परता र विश्वास प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दै यात्रुको आरामदायिता र सुरक्षामा दुई प्रतिबद्ध संस्थाको सहकार्यको यो अनुपम नमुना भएको बताए ।

यस समिटको अवसर पारेर पाईट एसोसिएसनको औपचारीक शुभारम्भ घोषणा समेत गरिनेछ । यसै समारोहमा सन् २०२५ भर नेपालको हवाई उड्डयनको सुरक्षा तथा संवेदनशीलताका क्षेत्रमा पाईलट एसोसिएसनले जनचेतना तथा ब्यावसायिकता अभिबृद्धिका लागि आयोजना गर्ने विभिन्न कार्यक्रमको वार्षिक क्यालेण्डर समेत सार्वजनिक गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार