किन अवरुद्ध हुँदैछ नेपाल टेलिकमको टेलिफोन र इन्टरनेट सेवा ?-Sutra News

किन अवरुद्ध हुँदैछ नेपाल टेलिकमको टेलिफोन र इन्टरनेट सेवा ?

शुक्रबार, ५ बैशाख २०८२

शुक्रबार, ५ बैशाख २०८२

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा नेपाल टेलिकमको टेलिफोन, इन्टरनेट र टिभी सेवा शुक्रबार रातिदेखि अवरुद्ध हुनसक्ने कम्पनीले जनाएको छ। एक सूचना जारी गर्दै टेलिकमले उक्त जानकारी दिएको हो।



कम्पनीका अनुसार बेलुकी ९ बजेदेखि भोलि बिहान ७ बजेसम्म ठहिटी, असन, भेडासिंह, इन्द्रचोक, महाबौद्ध, किलागललगायतका क्षेत्रहरुमा सेवा अवरुद्ध हुनसक्नेछ।

ती स्थानहरुमा एफटीटीएच सेवा अवरुद्ध हुने अग्रिम जानकारी गराइएको हो। निर्धारित समयभन्दा अघिपछि सेवा पुनः सुरु नभए सम्पर्क गर्न टेलिकमले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार