

काठमाडौं । अभिनेत्री नीति शाहले प्रेमी याञ्चित राणासँग कानूनी विवाह गरेकी छन्। शुक्रबार काठमाडौं जिल्ला अदालतमा उनले कोर्ट म्यारिज गरेकी हुन्।
विवाहपछि नीतिले आफूले तामझामबिनै विवाह गर्ने पहिल्यैदेखिको योजना रहेको बताइन्। न्यायाधीश दिनबन्धु बरालको इजलासमा उनले विवाह गरेकी हुन्।
राणा पेशाले एरोस्पेस इन्जिनियर हुन्। नीति र याञ्चितले केही समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्।
‘मिस नेपाल इन्टरनेशनल २०१७’ को उपाधि चुमेकी नीति ‘खजुरे ब्रो’बाट फिल्ममा डेब्यु गरेकी हुन्।