

काठमाडौं । अमेरिकाको टेक्ससस्थित रिभरबैंक हाई स्कुलकी पूर्वशिक्षिका ३१ वर्षीया कारा हर्नान्डेजलाई नाबालिग (१७ वर्षीय) विद्यार्थीसँग यौन सम्बन्ध राखेको आरोपमा गिरफ्तार गरिएको छ। स्थानीय प्रहरीले उनलाई फेब्रुअरी १४ मा घरबाटै पक्राउ गरेको हो।
क्लिक टु ह्युस्टनका अनुसार घटना २०२२ अप्रिल १ को हो। जतिबेला हर्नान्डेज रोनाल्ड थोर्नटन मिडल स्कुलमा पढाउँथिन्। उनले उक्त दिन विद्यालयमा पढाइरहेका बेला एक विद्यार्थीसँग जानाजानी यौन सम्पर्क गरेको आरोप छ।
सेप्टेम्बर २०२४ मा एक पूर्वविद्यार्थीले उजुरी दिएपछि उनले स्कुलबाट राजीनामा दिएकी थिइन्।
फोर्ट बेन्ड इन्डिपेन्डेन्ट स्कूल डिस्ट्रिक्ट (आईएसडी) का अनुसार, हर्नान्डेजलाई दुई आपराधिक मुद्दामा अभियोग लगाइएको छ: नाबालिगसँग अश्लील व्यवहार र शिक्षक-विद्यार्थीबीच अनुचित सम्बन्ध।
हरेक अभियोगका लागि उनको जमानत २५ हजार अमेरिकी डलर तोकिएको छ। अब उनको अर्को पेसी अप्रिल २८ मा हुनेछ।