वर्षा बाधक बन्दा अफगानिस्तान र नेपालबीचको खेल अबरुद्ध-Sutra News

वर्षा बाधक बन्दा अफगानिस्तान र नेपालबीचको खेल अबरुद्ध

शनिबार, ६ बैशाख २०८२

शनिबार, ६ बैशाख २०८२

काठमाडौं । आइसिसी यू १९ विश्वकप एसिया छनोटको निर्णाय खेल खराब मौसमका कारण रोकिएको छ ।



मूलपानी मैदानमा बिहान साढे ९ बजे नेपाल र अफगानिस्तानबीचको निर्णायक खेलको टस समेत हुन सकेको छैन। गएरातिदेखिको वर्षाका कारण ग्राउन्ड भिजेका कारण निर्धारित समयमा टस हुन सकेन । शनिबार बिहानै पनि पानी परेको थियो। अहिले पानी रोकिएको छ। यद्यपि मैदान चिसो भएका कारण खेल सुरू हुन सकेको छैन।

काठमाडौंमा शनिबार दिउँसो पनि पानी पर्ने सम्भावना छ। वर्षाका कारण खेल हुन नसके नेपालले विश्वकपमा पुग्ने सुनौलो अवसर गुमाउनेछ। प्रतियोगितामा नेपाल र अफगानिस्तानले तीन(तीन खेल जितेको छ। रनरेटका आधारमा भने अफगानिस्तान शीर्षस्थानमा छ। वर्षाका कारण खेल रद्द भए अफगानिस्तान विश्वकपमा छनोट हुनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार