बुटवलमा एक युवतीमाथि गोली प्रहार-Sutra News

बुटवलमा एक युवतीमाथि गोली प्रहार

शनिबार, ६ बैशाख २०८२

शनिबार, ६ बैशाख २०८२

रुपन्देहि । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ। बुटवल–११ बुद्ध नगरमा बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ।



पाल्पा जिल्लाको रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगर खाजा घर सञ्चालन गरेकी थिइन् । रुपन्देही एसपी रञ्जित सिह राठौरले ९ः३० बजेतिर मोटरसाइकलमा आएका युवाले २९ वर्षीय अविवाहित युवतीलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ। उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार