बुटवलमा युवतीमाथि गोली प्रहार-Sutra News

बुटवलमा युवतीमाथि गोली प्रहार

शनिबार, ६ बैशाख २०८२

शनिबार, ६ बैशाख २०८२

काठमाडौं । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । पाल्पा जिल्लाको रैनादेवि छहरा घर भई हाल बुटवल ११ बुद्ध नगरमा बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।



मोटरसाइकलमा आएका युवाले करिब साढे ९ बजेतिर टिकालाई गोली हानेर भागेको रुपन्देहीका एसपी रञ्जित सिह राठौरले जानकारी दिए ।

२९ वर्षीय अविवाहित युवती बुद्ध नगरमा खाजा घर सञ्चालन गर्दै आइरहेकी थिइन् । उनको कम्मरमाथि गोली लागेको र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनलाई कसले र किन गोली हान्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार