तीनकुने राजावादी आन्दोलनमा सिसिटिभी तोडफोड र आगजानी गर्ने सन्तोष राजावादी पक्राउ-Sutra News

तीनकुने राजावादी आन्दोलनमा सिसिटिभी तोडफोड र आगजानी गर्ने सन्तोष राजावादी पक्राउ

शनिबार, ६ बैशाख २०८२

शनिबार, ६ बैशाख २०८२

काठमाडौं । चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा सहभागी सन्तोष राजावादी भनेर चिनिने सन्तोष कुमार सिलवाल पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको सीआईबी टोलीले गएराति कोटेश्वरको महादेवस्थानबाट पक्राउ गरेको हो।



३४ वर्षीय सिलवाललाई राति नै जिल्ला प्रहरी परिसरको जिम्मा लगाइएको छ।

तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनमा उनी पनि सहभागी भएका थिए। प्रहरीका अनुसार निषेधित क्षेत्र तोड्न तम्सिनेमा उनी पनि एक थिए।

प्रहरीका अनुसार सन्तोष सिलवाल सिसिटिभी तोडफोड र आगजनीमा संलग्नथिए।

तीनकुनेमा भएको राजावादी हिंसात्मक घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ। प्रहरीले सुरुवाती क्रमदेखि अहिलेसम्म करिब २ सय जनालाई पक्राउ गरे पनि स्क्रिनिङ गरेर धेरैलाई छाडेको छ।

परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराका अनुसार अहिलेसम्म ८२ जनाविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार