

काठमाडौं । सुनसरीको बराहक्षेत्र–७ स्थित ढिकझोरामा १३ वर्षीया बालिकालाई जबरजस्ती गर्न खोजेको आरोपमा घरबेटी पक्राउ परेका छन्।
रातको १२ बजे मादक पदार्थ सेवन गरी बालिकाको कोठा खोल्न लगाई जबरजस्तीको प्रयास गरेका आरोपित घरबेटीलाई पीडित बालिकाको परिवारको जाहेरीका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
स्थानीय विद्यालयमा कक्षा–६ मा पढ्दै गरेकी बालिकालाई आरोपितले घरेलु कामदारका रुपमा काम गराउँदै आएका थिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएपी युवराज खतिवडाका अनुसार आरोपितलााई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
‘बलात्कार भएको पुष्टि भएको छैन, मिसबिहेब भन्ने आएको छ, अनुसन्धान गरी पीडकलाई कानुनअनुसार कारबाही हुन्छ,’ डिएसपी खतिवडाले भने।