भर्खरै अमेरिकाबाट फर्केका थिए बराहक्षेत्रमा नाबालिकालाई बलात्कारको प्रयास गर्ने घरबेटी-Sutra News

भर्खरै अमेरिकाबाट फर्केका थिए बराहक्षेत्रमा नाबालिकालाई बलात्कारको प्रयास गर्ने घरबेटी

शनिबार, ६ बैशाख २०८२

शनिबार, ६ बैशाख २०८२

काठमाडौं । सुनसरीको बराहक्षेत्र–७ स्थित ढिकझोरामा १३ वर्षीया बालिकालाई जबरजस्ती गर्न खोजेको आरोपमा पक्राउ परेका घरबेटी अर्थराज कोइराला भएको प्रहरीले जनाएको छ।



प्रहरीका अनुसार उनलाई बाल यौन दुर्व्यवहार आरोपमा पक्राउ गरिएको हो।

रातको १२ बजे मादक पदार्थ सेवन गरी बालिकाको कोठा खोल्न लगाई जबरजस्तीको प्रयास गरेका आरोपित घरबेटीलाई पीडित बालिकाको परिवारको जाहेरीका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका कोइरालालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा राखिएको छ।

उनी केहि समयअघि मात्रै नेपाल आएका हुन्। ५५ वर्षीय कोइराला अमेरिकाको टेक्सासमा बस्दै आएका थिए। उनी अमेरिकामा बसेर ड्यासफोरा राजनीतिमा समेत संलग्न छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए। उनले बाल यौन दुर्व्यवहारको आरोपमा सोधपुछका लागि कोइरालालाई नियन्त्रणमा लिइएको बताए।

उनले भने, ‘पीडित भनिएका परिवारबाट उजुरी परेकाले नियन्त्रणमा लिइएको हो। म्याद थप भएपछि सवै कुरा सार्वजनिक हुन्छ। अहिले केही भन्न सक्ने अवस्था छैन।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार