सन्दुक रुइतले गोर्खाको चुमनुव्री बासिन्दालाई नयाँ वर्षमा दिए नयाँ ज्योति-Sutra News

सन्दुक रुइतले गोर्खाको चुमनुव्री बासिन्दालाई नयाँ वर्षमा दिए नयाँ ज्योति

शनिबार, ६ बैशाख २०८२

शनिबार, ६ बैशाख २०८२

काठमाडौं । दुवै आँखाको ज्योति शल्यक्रियाबाट फर्किएपछि चुमनुव्री–४ का छेवाङ डुन्डुपले चारैतिर नजर डुलाए । जब श्रीमती दावा छेदेनलाई सामुन्ने देखे, एकोहोरो हेरे अनि खुसीले मुस्कुराए । आँखाको पट्टी खोल्दै गरेका वरिष्ठ आँखा शल्यचिकित्सक सन्दुक रुइतलाई अँगाल्दै खुसीले छमछमी नाचे । दुई हात जोड्दै उनी भन्दै थिए, ‘अब ममा फेरि बाँच्ने आशा पलायो ।’



मंगलबार र बुधबार दुई दिन चलेको आँखा शिविरमा ६५ जनाको आँखाको शल्यक्रिया गरिएको थियो । मोतियाबिन्दुको शल्यक्रिया शिविरअघि चुमनुव्री गाउँपालिकाका ७ वडाका १४ ठाउँमा झन्डै १४ सय जनाको ‘स्क्रिनिङ’ गरिएको थियो । ‘स्क्रिनिङ’ मा मोतियाबिन्दु समस्या देखिएकाहरूको विहीमा शल्यक्रिया गरिएको हो ।

दुर्गमका बिरामीको आँखाको ज्योति फर्काएर नयाँ वर्ष मनाउन पाउँदा औधी खुसी लागेको डा. रुइतले बताए । ‘नयाँ वर्षमा योभन्दा राम्रो सुरुवात के हुन्छ र ?’ उनले भने, ‘घरबाट आँगनमै निस्कन मुस्किल पर्ने बिरामी आँखाको ज्योति फर्किएर मुस्कुराएको देख्दा निकै आनन्द लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार